युरोपमा गर्मीको कहर : दर्जनौँको मृत्यु, कडा प्रतिबन्ध लागू

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ११

पेरिस, असार ११ — युरोपका विभिन्न देशमा फैलिएको भीषण गर्मीको लहरका कारण जनजीवन प्रभावित बनेको छ। फ्रान्समा मात्रै गर्मी र त्यससँग सम्बन्धित घटनामा ५८ जनाको मृत्यु भएको छ भने धेरै देशमा उच्च सतर्कता अपनाइएको छ।

तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेपछि फ्रान्स, स्पेन, इटाली, बेलायत र जर्मनीलगायत मुलुकहरूले ‘रेड अलर्ट’ जारी गरेका छन्। फ्रान्सले प्रभावित क्षेत्रमा सार्वजनिक स्थानमा मदिरा सेवनमा प्रतिबन्ध लगाएको छ भने विद्यालय, रेल सेवा र सार्वजनिक गतिविधिहरू पनि प्रभावित भएका छन्।

विशेषज्ञहरूले जलवायु परिवर्तनका कारण यस्ता अत्यधिक गर्मीका घटना बढ्दै गएको चेतावनी दिँदै नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *