|
२०८३ असार १०
चितवन, असार १० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत हुने केन्द्रीय नेतृत्व चयनका लागि आज ८० वटा विद्युतीय उपकरणमार्फत मतदान गरिने भएको छ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली उपकरणमा समावेश गरी मतदान प्रक्रिया सञ्चालन गरिनेछ। नमुना मतदानका लागि थप पाँच वटा उपकरण छुट्याइएको छ।
४०० भन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकाले मतदानमा केही समय लाग्न सक्ने अनुमान गरिएको छ। मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको जनाइएको छ। पहिलो चरणमा ९९ केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्