रास्वपाको आन्तरिक बैठक एक दिन पछि सर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ८

चितवन, असार ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत सञ्चालन हुने भनिएको बन्दसत्र सोमबार प्रारम्भ हुन नसक्ने भएको छ। महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र उपलब्ध गराउने प्रक्रिया समयमै सम्पन्न हुन नसकेपछि बन्दसत्रको कार्यक्रम सारिएको हो।

पार्टीको निर्वाचन व्यवस्थापन समितिका अनुसार आज दिनभर प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गरिनेछ। आवश्यक तयारी पूरा भएपछि मंगलबारदेखि बन्दसत्रका कार्यक्रम अघि बढाइने जनाइएको छ।

कार्यक्रम स्थगित भएसँगै महाधिवेशनको समग्र तालिका पनि एक दिन लम्बिएको छ। पार्टी स्रोतका अनुसार यसपटक महाधिवेशन प्रतिनिधिको संख्या ३ हजार ८ सयभन्दा बढी पुगेको छ।

रास्वपाले नेतृत्व चयन तथा भावी कार्यदिशासम्बन्धी महत्वपूर्ण निर्णयहरू यही महाधिवेशनमार्फत गर्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *