|
२०८३ असार ८
काठमाडौँ : विद्युतीय राहदानी छपाइसम्बन्धी अनियमितताको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ।
आयोगले राहदानी खरिद तथा ठेक्का प्रक्रियाबारे श्रेष्ठसँग सोधपुछ गरेको हो। यसै प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि बयानका लागि म्याद जारी गरिएको जनाइएको छ।
विद्युतीय राहदानी आपूर्ति तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रिया २०८१ मा सुरु भएको थियो। आयोगले सोही प्रक्रियासँग सम्बन्धित निर्णय र समितिहरूको भूमिकाबारे अनुसन्धान गरिरहेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्