बागमतीको बाढीमा फसेका १४ जनाको उद्धार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

रौतहट, असार ७ — बागमती नदीको बाढीका कारण टापुमा फसेका १४ जना स्थानीयको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।

दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरी घाट नजिकै मुंग टिप्न गएका उनीहरू नदीको बहाव बढेपछि बीच भागमा थुनिएका थिए। उद्धार गरिएकामध्ये ११ महिला र ३ बालिका रहेका छन्।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले रबर बोटको सहायताले करिब डेढ घण्टाको प्रयासपछि सबैलाई सुरक्षित किनारमा ल्याएको जनाएको छ। उद्धार गरिएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *