होर्मुज बन्द भएको इरानको दाबीलाई अमेरिकाले अस्वीकार गर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

वासिङ्टन : अमेरिका र इरानबीच शान्ति वार्ता सुरु हुनुअघि होर्मुज जलडमरूमध्य बन्द गरिएको भन्ने इरानी दाबीलाई अमेरिकाले खण्डन गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले जलमार्गमा व्यापारिक जहाजको आवागमन सामान्य रहेको जनाएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले लेबनानमा युद्धविराम उल्लंघन भएको भन्दै होर्मुज क्षेत्रमा चेतावनी दिएको थियो । तर अमेरिकी सेनाका अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले उक्त मार्ग पार गरेका छन् ।

पाकिस्तानको मध्यस्थतामा अमेरिका–इरानबीच ६० दिने युद्धविराम सम्झौता अघि बढाउने उद्देश्यले वार्ता हुँदैछ । यसैबीच लेबनानमा इजरायल र हिज्बुल्लाहबीचको तनावले युद्धविराम संकटमा परेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *