महाधिवेशन खर्च आन्तरिक स्रोतबाट जुटाउने रास्वपाको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ६

भरतपुर, असार ६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्योगी–व्यापारीबाट चन्दा नलिएको जनाएको छ।

पार्टी प्रवक्ता मनिष झाले महाधिवेशन खर्च सांसद, केन्द्रीय सदस्य, विभागका सदस्यको लेबी र प्रतिनिधिबाट उठ्ने रकमबाट व्यवस्थापन गरिने बताए।

रास्वपाले महाधिवेशन सञ्चालनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ। चितवनमा असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *