मस्र्याङ्दी आयोजनाको अवस्था बुझ्न ऊर्जामन्त्रीको अनुगमन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ६

तनहुँ, असार ६ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृह निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजनाका उपकरण, संरचना र सञ्चालन अवस्थाबारे प्राविधिक टोलीसँग जानकारी लिए। उनले मुलुकको ऊर्जा सुरक्षाका लागि जलविद्युत् आयोजनाको भूमिका महत्वपूर्ण रहेको भन्दै उत्पादन क्षमता बढाउन र पूर्वाधार सुधारमा जोड दिए।

मस्र्याङ्दी जलविद्युत् आयोजनाबाट हाल ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको आयोजनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *