|
२०८३ असार ६
काठमाडौं, असार ६ — भन्सार विभागको अनुगमनले मुस्ताङ नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधनको आयात प्रक्रिया नियमअनुसार भएको निष्कर्ष निकालेको छ भने रसुवा भन्सारमा जाँचपास प्रक्रियासम्बन्धी गम्भीर कमजोरी फेला परेको जनाएको छ।
विभागका अनुसार मुस्ताङबाट आयात गरिएका ६४९ वटा विद्युतीय सवारीसाधन अभिलेख र सिसीटीभी फुटेजको अध्ययनपछि कानुनी प्रक्रिया पूरा गरी भित्रिएको पुष्टि भएको छ। तर रसुवा भन्सारमा केही सवारीसाधन भौतिक रूपमा नआउँदै कागजी प्रक्रियाका आधारमा जाँचपास गरिएको भेटिएको छ।
अनियमिततामा संलग्न भएको आशंकामा तत्कालीन कार्यालय प्रमुखसहित १३ कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ। साथै, सम्बन्धित कम्पनी र भन्सार प्रतिनिधिहरूमाथि पनि कानुनअनुसार आवश्यक कारबाहीको सिफारिस गरिएको विभागले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्