धितोपत्र बोर्डको नयाँ अध्यक्षमा डा. गोपालप्रसाद भट्ट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ५

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको नेतृत्व दिने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त नियुक्ति गरेको हो।

यसअघि बोर्ड अध्यक्ष रहेका सन्तोष नारायण श्रेष्ठले सरकार परिवर्तनपछि पदबाट राजीनामा दिएका थिए। अब भट्टले धितोपत्र बजारको नियमन तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *