|
२०८३ असार ५
झापा । झापाको कनकाई नगरपालिका–५ स्थित तुलसीबारी क्षेत्रमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।
दुर्घटनामा मोटरसाइकल चालक २० वर्षीय समिर अली र उनकी पाँच वर्षीया छोरी हाजिरा खातुनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। समिरकी आमा नुरेश सादेवी गम्भीर घाइते भएकी छन् र उनको थप उपचार भइरहेको छ।
प्रहरीका अनुसार खेतबाट सडकमा निस्किएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किएको थियो। घटनापछि ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्