अख्तियारको बोलावटपछि आरजुले विदेशमै रहेको जानकारी गराइन्

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ४

काठमाडौँ । राहदानी छपाइसम्बन्धी अनुसन्धानका क्रममा बयानका लागि बोलाइएकी कांग्रेस नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू हाल विदेशमा रहेकाले तोकिएको समयभित्र उपस्थित हुन नसक्ने जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएकी छन्।

इमेलमार्फत आयोगलाई पठाएको जानकारीमा उनले तीन दिनभित्र नेपाल फर्किन सम्भव नभएको उल्लेख गरेकी छन्। आयोगले यसअघि उनको निवासमा उपस्थितिका लागि म्याद सूचना टाँस गरेको थियो।

राहदानी खरिद प्रक्रियासम्बन्धी अनियमितताको आरोपमा अख्तियारले सम्बन्धित केही अधिकारी र अन्य व्यक्तिमाथि अनुसन्धान अगाडि बढाइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *