राहदानी छपाइ अनियमितता प्रकरणमा आरजु राणालाई अख्तियारको बोलावट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ४

काठमाडौँ । राहदानी छपाइसम्बन्धी अनियमितताको अनुसन्धान अघि बढाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन सूचना जारी गरेको छ।

आयोगले बूढानीलकण्ठस्थित देउवा निवासमा म्याद तामेलीको सूचना टाँस गर्दै तीन दिनभित्र टंगालस्थित कार्यालयमा उपस्थित हुन भनेको जनाएको छ।

यस प्रकरणमा राहदानी विभागका केही कर्मचारी तथा ठेकेदार कम्पनीका प्रतिनिधिमाथि समेत अनुसन्धान भइरहेको छ। आयोगले अनुसन्धान प्रक्रियालाई थप अगाडि बढाएको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *