|
२०८३ असार ४
काठमाडौँ । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निर्धारित समयभित्र नवीकरण नभएको पाइएको छ।
यातायात कार्यालयको अभिलेखअनुसार उनको ‘ए’ श्रेणीको लाइसेन्स पछिल्लो पटक २०७१ सालमा नवीकरण भएको थियो। कानुनी व्यवस्थाअनुसार तोकिएको अवधिसम्म नवीकरण नभएपछि लाइसेन्स स्वतः अमान्य हुने व्यवस्था रहेको छ।
उदयपुरमा मोटरसाइकल चलाउँदा ट्राफिक कारबाहीमा परेपछि भएको छानबिनका क्रममा यो विषय बाहिर आएको हो। घटनापछि लामो समयदेखि नवीकरण नभएको लाइसेन्स प्रयोगबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्