|
२०८३ असार ३
खोटाङ, असार ३ — बाढीले क्षति पुर्याएको खोटाङ–उदयपुर जोड्ने फोक्सिङटार पुल पुनर्निर्माणका लागि स्थानीयस्तरबाट पहल सुरु गरिएको छ।
सुनकोशीमा रहेको उक्त पुल बगाएपछि यातायात समस्या झेल्दै आएका नागरिकलाई सहजता दिन खोटेहाङ गाउँपालिकाले सरोकारवालासँग सहकार्य गरेर पुनर्निर्माण प्रक्रिया अघि बढाएको हो।
पुल निर्माणका लागि १५१ सदस्यीय पहल समिति गठन गरिएको छ। करिब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको पुल पुनर्निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिने र आवश्यक परे स्थानीय सहयोगबाट काम अघि बढाउने तयारी गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्