|
२०८३ असार ३
काठमाडौं, असार ३ — नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। नयाँ नोटमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ भने यसको आकार र रङ पुरानै नोटसरह राखिएको छ।
राष्ट्र बैंकका अनुसार झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका सिरिजका नोटहरू बजारमा पठाइएको हो। नोटको सुरक्षा विशेषता र डिजाइनमा निरन्तरता कायम राख्दै नयाँ सिरिज जारी गरिएको जनाइएको छ।
यससँगै सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट प्राप्त गर्न सक्नेछन्।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्