बुर्लाकोटीले सच्याए अभिव्यक्ति, नियुक्ति होइन टिकटमा नम्बर थपिने भनाइ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २

काठमाडौं, असार २ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद कबिन्द्र बुर्लाकोटीले आफ्नो विवादित भनाइबारे स्पष्टीकरण दिएका छन्। उनले आफूले सरकारी नियुक्ति प्रक्रियामा नभई पार्टीको आन्तरिक टिकट वितरण प्रणालीबारे कुरा गरेको बताएका हुन्।

संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले पार्टीमा लामो समय योगदान गरेका कार्यकर्तालाई चुनावी टिकट दिँदा प्राथमिकता दिने सन्दर्भमा ‘एक नम्बर थपिने’ अभिव्यक्ति दिएको स्पष्ट पारे।

विश्वविद्यालयको उपकुलपति छनोटजस्ता सार्वजनिक पदमा योग्यता प्रणालीभन्दा फरक धारणा राखेको भन्दै आलोचना भएपछि उनले आफ्नो भनाइको अर्थ गलत बुझिएको दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *