संविधान सुधारअघि व्यापक समीक्षा आवश्यक : रेखा शर्मा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २

काठमाडौं, असार २ — पूर्वमन्त्री तथा नेकपा नेतृ रेखा शर्माले संविधान संशोधनको प्रक्रिया अघि बढाउनुअघि यसको समग्र पुनरावलोकन गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्। उनले संशोधनका विषय तय गर्नुभन्दा पहिले संविधान कार्यान्वयनका अनुभव र वर्तमान आवश्यकताको गहिरो समीक्षा आवश्यक रहेको बताइन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले संविधान संशोधनबारे राजनीतिक दलहरूले कार्यदल गठन गरे पनि पुनरावलोकनको पक्ष पर्याप्त रूपमा अघि नबढेको टिप्पणी गरिन्। निर्वाचन प्रणाली, शासकीय स्वरूप तथा लैंगिक समानतासम्बन्धी विषयमा विगतदेखि नै बहस हुँदै आएको उनको भनाइ थियो।

उनले संविधान संशोधनका सवालमा सरकारले सबै दलसँग थप संवाद र सहकार्य गर्नुपर्नेमा जोड दिँदै नेकपाले गठन गरेको कार्यदलले सम्भावित संशोधनका विषयमा अध्ययन तथा सुझाव दिने काम गरिरहेको जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *