सङ्खुवासभा कारागार हत्या प्रकरण : १५ जनालाई जन्मकैदको सजाय

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २

किमाथाङ्का — सङ्खुवासभाको खाँदबारीस्थित जिल्ला कारागारमा दुई जना कैदीको मृत्यु भएको घटनामा संलग्न १५ जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ।

कारागारमा २०८० साउन २४ गते भएको घटनामा दुई कैदीको कुटपिटका क्रममा मृत्यु भएको थियो। घटनापछि गरिएको अनुसन्धानका आधारमा सुरक्षाकर्मी र कैदीबन्दी मिलेर सामूहिक रूपमा कुटपिट गरेको पुष्टि भएको अदालतले जनाएको छ।

जिल्ला अदालतले सात जना प्रहरी र आठ जना कैदीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय तोकेको हो। साथै मृतकका परिवारलाई क्षतिपूर्तिसमेत भराउने आदेश गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *