|
असार २, २०८३
काठमाडौं, असार २ — राप्रपा सांसद खुश्बु ओलीले सामाजिक सञ्जालमा आफूविरुद्ध गरिएको अपमानजनक टिप्पणी, धम्की तथा चरित्रहत्यासम्बन्धी सामग्रीबारे नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।
उजुरीपछि प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। ओलीले सार्वजनिक सरोकारका विषयमा धारणा राखेकै कारण सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण भएको दाबी गरेकी छन्।
उनले डिजिटल माध्यमबाट हुने गालीगलौज, घृणायुक्त अभिव्यक्ति र धम्कीप्रति कडा कदम चालिने बताउँदै यस्ता गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्