|
२०८३ जेष्ठ ३१
काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको संयुक्त प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा मौसम बदली रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षा हुन सक्ने सम्भावना छ। हिमाली तथा पहाडी भूभागमा बादलको प्रभाव बढी रहनेछ भने केही तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा पनि कोशीसहित मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना कायम रहने महाशाखाले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्