|
२०८३ जेष्ठ ३०
काठमाडौँ : काठमाडौँमा आयोजित नयाँ शक्ति स्थापना दिवस कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘नयाँ शक्ति’को नाम पटक–पटक परिवर्तन गर्नु आफ्नो कमजोरी भएको स्वीकार गरेका छन्।
उनले नाम परिवर्तनका कारण जनतामा अन्योल सिर्जना भएको भन्दै यसले राजनीतिक अभियानको ब्रान्ड स्थापित हुन नपाएको बताए।
भट्टराईले वैकल्पिक राजनीतिक शक्तिहरू नै देशको भविष्य भएको उल्लेख गर्दै पुराना दलहरू कमजोर बन्दै गएको दाबी गरे। उनले नयाँ उदाउँदो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई केही समय अवसर दिनुपर्ने पनि बताए।
साथै, देशको विकासका लागि राज्यको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्