|
जेष्ठ ३०, २०८३
काठमाडौँ । धादिङको नीलकण्ठ–४ इजारामा खानेपानी आयोजनाको अनुगमनमा गएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।
जेठ २६ गते भएको घटनामा भरतपुरका सब–इन्जिनियर सुरेश आले मगर र सप्तरीका सुपरभाइजर हवेन्द्र कुमार यादवमाथि आक्रमण भएको थियो। आक्रमणपछि नीलकण्ठ–४ का संजीव मल्ल फरार भएका थिए।
प्रहरीले उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्