पूर्व दक्षिण कोरियाली राष्ट्रपतिलाई थप ३० वर्ष कैद

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २९

सियोल, जेठ २९ — दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल लाई उत्तर कोरियासँग तनाव बढाउने उद्देश्यले ड्रोन अभियान सञ्चालन गरेको अभियोगमा अदालतले थप ३० वर्ष जेल सजाय सुनाएको छ।

यसअघि मार्सल ल लागू गरेको मुद्दामा आजीवन कारावासको सजाय पाइसकेका युनविरुद्ध नयाँ फैसला आएको हो। सोही घटनामा पूर्व रक्षामन्त्री किम योङ ह्युन पनि दोषी ठहरिएका छन्।

अभियोजन पक्षले युनले राजनीतिक स्वार्थका लागि दुई कोरियाबीच तनाव सिर्जना गर्न खोजेको आरोप लगाएको छ। युन पक्षले भने उक्त कदम राष्ट्रिय सुरक्षाको आवश्यकता अनुसार उठाइएको भन्दै फैसलाप्रति असहमति जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *