|
२०८३ जेष्ठ २९
काठमाडौँ, जेठ २९ — राष्ट्रिय प्रजातन्त्र पार्टी की सचेतक खुस्बु ओली ले परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमणका क्रममा सीमा विवादको विषय प्राथमिकतामा नपरेको भन्दै आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रमणपछि जारी गरिएको नेपाली पक्षको प्रेस नोटमा सीमा विवाद सम्बन्धी उल्लेख नभएको दाबी गरिन्। उनका अनुसार सीमा व्यवस्थापन र सीमा विवाद फरक विषय भएकाले विवादित क्षेत्रबारे स्पष्ट रूपमा कुरा उठाइनुपर्ने थियो।
ओलीले आगामी कूटनीतिक भेटवार्तामा नेपालको भू–सीमा सम्बन्धी मुद्दालाई थप दृढताका साथ प्रस्तुत गर्न सरकारलाई सुझाव समेत दिएकी छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्