|
२०८३ जेष्ठ २८
नवलपरासी, जेठ २८ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट क्षेत्रमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन्। ओरालो सडकमा गुडिरहेको क्रेनको नियन्त्रण गुमेपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनामा चालकसहित क्रेनमा सवार अन्य पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि क्रेनमा उल्लेखनीय क्षति पुगेको छ। दुर्घटनाको कारण र अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्