|
२०८३ जेष्ठ २५
काठमाडौं, जेठ २५ — फिलिपिन्सको मिन्डानाओ क्षेत्र आसपास सोमबार बिहान शक्तिशाली भूकम्प गएपछि प्रशान्त क्षेत्रका केही देशमा सतर्कता बढाइएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ८.२ म्याग्निच्युडको भूकम्प तटीय क्षेत्रमा केन्द्रित रहेको थियो। भूकम्पको असर आसपासका क्षेत्रसम्म महसुस भएको जनाइएको छ।
घटनापछि फिलिपिन्स, जापान र इन्डोनेसियाका तटीय क्षेत्रमा सम्भावित सुनामीको चेतावनी जारी गरिएको छ। सम्बन्धित निकायहरूले समुद्री किनार नजिकका बासिन्दालाई सुरक्षित स्थानमा जान र सतर्क रहन आग्रह गरेका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्