रास्वपाले १८ जिल्लामा नयाँ नेतृत्व चयन गर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र कोशी प्रदेशका १८ जिल्लामा पहिलो जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ।

पार्टीका अनुसार बागमतीका ९ र कोशीका ९ जिल्लामा नयाँ जिल्ला सभापतिसहित कार्यसमिति निर्वाचित भएका छन्। अन्य केही जिल्लामा अधिवेशन जारी रहेको र केही स्थानमा स्थगित भएको जानकारी दिइएको छ।

रास्वपाले संगठन विस्तार अभियानअन्तर्गत देशभर जिल्ला तहमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *