|
२०८३ जेष्ठ २४
झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक नजिक गोरेटो बाटो छेउमा १५ फिट लामो अजिङ्गर फेला परेपछि उद्धार गरिएको छ।
गएराति स्थानीयले अजिङ्गर देखेपछि प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले सुरक्षित रूपमा सर्पको उद्धार गरी प्रहरी चौकीमा राखेको जनाएको छ।
उद्धार गरिएको अजिङ्गरलाई थप व्यवस्थापनका लागि डिभिजन वन कार्यालयसँग समन्वय गरिएको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्