रास्वपा भोजपुरको नेतृत्वमा भुजेल निर्वाचित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

भोजपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुर जिल्ला समितिको सभापतिमा ख्याम भुजेल निर्वाचित भएका छन्।

गएराति सम्पन्न प्रथम जिल्ला अधिवेशनले भुजेललाई सभापति चयन गरेको हो। उपसभापतिमा समिता आचार्य, सचिवमा देवराज पाण्डे क्षेत्री र सहसचिवमा अनिल बस्नेत चयन भएका छन्।

त्यसैगरी, जिल्ला कार्यसमितिका सदस्यहरूमा चन्द्रकुमार श्रेष्ठ, देवराज धमला र सितादेवी ढुङ्गाना (कार्की) चयन भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *