कमलबजारमा जिप पल्टिँदा एकको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौं । अछामको कमलबजार नगरपालिका–७ स्थित क्वालेख क्षेत्रमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ३४ वर्षीय कर्ण भाटको उपचारका क्रममा मृत्यु भएको हो।

घटनामा मिनबहादुर भाट र बद्री भाट घाइते भएका छन्। प्रारम्भिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *