फुल्चोकीमा अलपत्र परेका चार जना सुरक्षित फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

ललितपुर, जेठ २४ — फुल्चोकी घुम्न गएका एक युवतीसहित चार जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ। समूहबाट छुट्टिएर झरना क्षेत्रतर्फ पुगेका उनीहरू बाटो बिराएर अलपत्र परेका थिए।

सूचना प्राप्त हुनासाथ प्रहरी टोली खोजीमा खटिएको थियो। खोजतलासका क्रममा चारै जनालाई सुरक्षित अवस्थामा फेला पारेर उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धारपछि उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *