दार्चुला, जेठ २३ — दार्चुलामा रक्तदानप्रति जनचेतना बढाउने र आवश्यक पर्दा सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले रक्त समूह पहिचान अभियान सञ्चालन गरिएको छ।
नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा उपसमितिले महाकाली नगरपालिकाको सहयोगमा सञ्चालन गरेको अभियानअन्तर्गत खलङ्गाका विभिन्न स्थानमा नागरिकको रक्त समूह परीक्षण गरिएको हो।
अभियानमार्फत पहिचान भएका व्यक्तिलाई रक्तदाता सञ्जालमा आबद्ध गरिनेछ, जसले आकस्मिक अवस्थामा रगत व्यवस्थापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। हाल जिल्लामा ३ सयभन्दा बढी स्वयंसेवी रक्तदाता यस सञ्जालमा जोडिएका छन्।
यता, हालै स्थापना भएको रक्त सञ्चार केन्द्र भने जनशक्ति र भवन अभावको समस्यासँग जुधिरहेको छ। आवश्यक कर्मचारी र पूर्वाधारको व्यवस्था गर्न स्थानीय तथा प्रदेश सरकारसँग सहयोगको अपेक्षा गरिएको सम्बन्धित निकायले जनाएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार दुर्गम जिल्लामा रगतको सहज उपलब्धताका लागि यस्तो अभियान प्रभावकारी हुने विश्वास गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्