विमानस्थल अध्यागमनको नेतृत्व सिर्जना थपलियालाई

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २२

काठमाडौँ — गृह मन्त्रालयले सहसचिव सिर्जना थपलिया लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएको छ।

मन्त्रालयले शुक्रबार गरेको सरुवाअन्तर्गत संखुवासभाकी प्रमुख जिल्ला अधिकारी रहेकी थपलियालाई विमानस्थल अध्यागमन कार्यालयमा खटाएको हो।

यसअघि उक्त जिम्मेवारीमा रहेका नरहरि घिमिरे ललितपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि पद रिक्त रहेको थियो। थपलियाको नियुक्तिसँगै विमानस्थल अध्यागमन कार्यालयले नयाँ नेतृत्व पाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *