|
२०८३ जेष्ठ २२
काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनसम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनविरुद्ध नेकपा एमाले सर्वोच्च अदालत जाने तयारीमा रहेको छ।
महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक भएको दाबी गरिएको छ।
एमालेले आवश्यक परे कानुनी उपचारका सबै विकल्प प्रयोग गर्ने, साथै संवैधानिक प्रश्न उठेमा न्यायिक पुनरावलोकनका लागि अदालत जाने जनाएको छ।
प्रतिवेदनका कानुनी तथा तथ्यगत पक्ष अध्ययन गर्न कानुनी विज्ञ समूह गठन गर्ने र सरोकारवालासँग छलफल गरी साझा धारणा बनाउने तयारीसमेत पार्टीले गरेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्