काठमाडौँ — निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले जेनजी विद्रोहपछि निर्धारित छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु अत्यन्त कठिन काम भएको बताएका छन्।
निर्वाचन परिणामको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटनमा उनले निर्वाचनको मिति घोषणा भएपछि “हुन्छ कि हुँदैन” भन्ने आशंका र विभिन्न चुनौतीबीच सरकार, राजनीतिक दल, आयोग र नागरिकको सहकार्यमा निर्वाचन सफल भएको बताए।
भण्डारीका अनुसार निर्वाचनलाई लिएर अन्तर्राष्ट्रिय समुदायले पनि नजिकबाट निगरानी गरिरहेको थियो। उनले सबै पक्षलाई संवादमा ल्याएर सहकार्यको वातावरण बनाउनु नै प्रमुख सफलता भएको उल्लेख गरे।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले उद्घाटन गरेकी थिइन्। आयोगले आगामी निर्वाचनका लागि मतदाता शिक्षा सुधार, मतदान पहुँच विस्तार र कानुनी सुधारलाई प्राथमिकता दिने योजना पनि प्रस्तुत गरेको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्