हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आगो, अवस्था नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २१

काठमाडौँ, जेठ २१ — सशस्त्र प्रहरी बल नेपालको हलचोकस्थित मुख्यालयभित्र रहेको सवारी व्यवस्थापन क्षेत्रमा बुधबार साँझ आगलागी भएको छ। घटनापछि सुरक्षाकर्मीको सक्रियतामा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जनाइएको छ।

सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार आगो सवारी शाखा परिसरबाट सुरु भएको थियो। प्रारम्भिक अनुमानअनुसार अन्डरग्राउन्ड पार्किङमा राखिएको विद्युतीय सवारीसाधनबाट आगलागी भएको हुन सक्ने बताइएको छ।

घटनाबाट भएको क्षतिको विवरण र आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *