|
जेष्ठ २०, २०८३
काठमाडौँ:सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित संस्थाहरूले आगामी आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रलाई प्राथमिकता दिइएकोप्रति स्वागत गरेका छन्।
बजेटमा कर सहुलियत, डिजिटल अर्थतन्त्र प्रवर्द्धन, कृत्रिम बुद्धिमत्ता विकास तथा आइटी सेवा निर्यातलाई प्रोत्साहन गर्ने व्यवस्था समेटिएको भन्दै यसले क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
आइटी क्षेत्रका प्रतिनिधिहरूले नेपाललाई क्षेत्रीय डिजिटल सेवा केन्द्रका रूपमा विकास गर्न थप लगानीमैत्री र प्रतिस्पर्धी नीतिको आवश्यकता रहेको पनि औँल्याएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्