|
जेष्ठ २०, २०८३
काठमाडौँ : महानगर यातायातले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ।
बुधबारदेखि चक्रपथ रुटमा सञ्चालनमा आएका यी बसमा ३३ सिट क्षमता रहेको छ भने करिब ७० यात्रु एकैपटक यात्रा गर्न सक्नेछन्।
चीनबाट आयात गरिएका बसहरूमा १४४ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा करिब २०० किलोमिटरसम्म यात्रा गर्न सक्ने बताइएको छ।
कम्पनीले विद्युतीय यातायातलाई वातावरणमैत्री र किफायती विकल्प भन्दै आगामी दिनमा सेवा अझ विस्तार गर्ने जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्