जनतासँग नजिकिएर पार्टी सुदृढ बनाउने एमालेको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

काठमाडौँ : नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा आएको चुनौतीलाई जनतासँगको सम्बन्ध बलियो बनाएर सामना गर्ने बताएका छन्।

एमालेको राष्ट्रिय कार्यशालामा बोल्दै उनले अब पार्टीका गतिविधि जनमुखी र राष्ट्रिय हित केन्द्रित हुने बताए। जनतासँगको सम्बन्ध थप मजबुत बनाउनु पार्टीको प्रमुख प्राथमिकता रहेको उनको भनाइ थियो।

पौडेलले सदस्यता नवीकरण र विस्तारलाई केवल सङ्ख्या वृद्धि नभई राजनीतिक जिम्मेवारी र विचारको विस्तारका रूपमा लिनुपर्ने उल्लेख गरे। साथै, छिमेकी देशका कम्युनिस्ट पार्टीहरूको अनुभवबाट पनि सिक्नुपर्ने आवश्यकता औँल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *