राप्रपाभित्रको विवादप्रति शाहीको कडा टिप्पणी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

काठमाडौं, जेठ २० — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र जारी आन्तरिक विवादप्रति पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले कडा असन्तुष्टि व्यक्त गरेका छन्।

शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा बीचको विवादप्रति संकेत गर्दै सामाजिक सञ्जालमार्फत तीव्र टिप्पणी गरेका हुन्।

उनले नेतृत्वबीचको खिचातानीले पार्टी संगठन, कार्यकर्ता र युवापुस्तामा निराशा बढाएको भन्दै आरोप–प्रत्यारोपको राजनीति अन्त्य गर्नुपर्ने बताएका छन्।

शाहीले अहिलेको अवस्था संघर्षभन्दा एकता आवश्यक रहेको उल्लेख गर्दै पार्टीभित्रको विवादले संगठन कमजोर बनिरहेको टिप्पणी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *