काठमाडौं, जेठ २० — दक्षिण एसियाली महिला फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाली महिला राष्ट्रिय टोली बंगलादेशसँग भिड्दै छ। उपाधि नजिक पुगेर पनि पटक–पटक निराश बनेको नेपाल यसपटक इतिहास बदल्ने लक्ष्यसहित मैदानमा उत्रिएको हो।
सन् २०१० देखि सुरु भएको प्रतियोगितामा नेपाल निरन्तर सेमिफाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन। पछिल्ला वर्षहरूमा बंगलादेश नेपालका लागि कठिन प्रतिद्वन्द्वी बन्दै आएको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने ले टोली शारीरिक र मानसिक रूपमा तयार रहेको बताएका छन्। उनले बंगलादेश बलियो टोली भए पनि नेपालले अनुशासित र आक्रामक खेल प्रदर्शन गर्ने बताए।
नेपालले समूह चरणमा भुटान र श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। आजको खेल जित्दै फाइनल पुग्ने र उपाधि सपना पूरा गर्ने लक्ष्य नेपाली टोलीको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्