म्याग्दी, जेठ २० — विश्वप्रसिद्ध अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङको सिमानामा अवस्थित ८ हजार ९१ मिटर अग्लो यस हिमालको ऐतिहासिक आरोहण सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जाेग र लुई लचेनलको टोलीले गरेका थिए।
अन्नपूर्णलाई विश्वमै पहिलो पटक ८ हजार मिटरभन्दा अग्लो हिमाल चढिएको आधारमा “जेठो हिमाल”का रूपमा समेत चिनिन्छ। यस सफल आरोहणपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणको ढोका खुलेको मानिन्छ।
यस अवसरमा अन्नपूर्ण गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरेको छ। आधार शिविरदेखि नारच्याङसम्म दौड प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन गरिएका छन्।
पर्यटन विभागका अनुसार हालसम्म सयौं पर्वतारोहीले अन्नपूर्ण आरोहण गरिसकेका छन् भने यस वर्ष वसन्तयाममा समेत केही टोलीले आरोहण अनुमति लिएका छन्। दिवसलाई पर्यटन विकास र हिमालको पहिचान प्रवर्द्धन गर्ने अवसरका रूपमा मनाइएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्