जापानमा भालुको आक्रमण बढ्दो, चार जना अस्पताल भर्ना

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ १९, २०८३

काठमाडौं, जेठ १९ — जापानको फुकुसिमा क्षेत्रमा भालुको आक्रमणमा परी चार जना घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार भालुले निर्माण कम्पनीका कर्मचारीसहित एक वृद्ध महिला र एक कार्यालय कर्मचारीमाथि आक्रमण गरेको हो। घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको छ।

प्रहरीले भालु अझै क्षेत्रमा रहेको जनाएको छ। बढ्दो जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको छ भने आवश्यक परे आपतकालीन कदम चाल्ने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *