निर्वाचन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १७

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ ।

आइतबार बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित आएको उक्त विधेयक पारित गरेको हो । छलफलका क्रममा सांसदहरूले समावेशीता र प्रतिनिधित्वसम्बन्धी प्रावधानलाई अझ स्पष्ट बनाउन संशोधन प्रस्ताव राखे पनि पछि सबै प्रस्ताव फिर्ता लिइएको थियो ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दिएकी थिइन् । उनले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई सरकारले सकारात्मक रूपमा लिएको बताउँदै आगामी निर्वाचनसम्बन्धी कानुन संशोधन प्रक्रियामा उठेका सुझाव समेटिने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री गौतमका अनुसार २०७८ सालको जनगणनालाई आधार मानेर विधेयक अघि बढाइएको हो र समावेशी प्रतिनिधित्वसम्बन्धी मर्म मूल व्यवस्थामै समेटिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *