घरायसी विवादले लियो ज्यान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १७

चितवन — पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१५, चिन्तामणी टोलमा घरायसी विवादका क्रममा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन्।

प्रहरीका अनुसार ६३ वर्षीय डम्मर गिरीले शुक्रबार राति करिब १० बजे ४३ वर्षीय छोरा शंकर गिरीमाथि खुर्पा प्रहार गरेका थिए। प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका शंकरलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। तर उपचारकै क्रममा राति १०:४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको खुर्पा बरामद गर्नुका साथै घटनामा संलग्न डम्मर गिरीलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका गिरीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *