कालीमाटीमा तरकारी–फलफूलको थोक मूल्य सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १७

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजको थोक मूल्य सूची सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, आलु रातो रु ३५, प्याज रु ४३ र काउली रु ७५ कायम गरिएको छ। त्यसैगरी बोडी रु १००, भिन्डी रु ५०, हरियो प्याज रु १२० तथा च्याउ (कन्य) रु २८० प्रतिकिलो निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (फुजी) रु ३००, केरा (मालभोग) प्रतिदर्जन रु २२०, अनार रु ४२०, आँप (दशहरी) रु १३० र कागती रु २२० प्रतिकिलो तोकिएको छ।

मसला तथा अन्य उपजमा अदुवा रु १२०, हरियो धनियाँ रु २००, लसुन (चाइनिज) रु २२० तथा ताजा रहु माछा रु ३४० प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *