आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १६

काठमाडौँ । नेपाल राष्ट्र बैंक ले शनिबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार युरो, बेलायती पाउण्ड, स्वीस फ्राङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलरलगायत प्रमुख विदेशी मुद्राको विनिमयदर पनि अद्यावधिक गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

केन्द्रीय बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूमा लागू दर केही फरक हुन सक्ने उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *