सुन–चाँदीको भाउ उकालो, बजारमा नयाँ मूल्य कायम

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ११

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुनको मूल्य २ लाख ९० हजार ९ सय रुपैयाँ कायम रहेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार १ सय ५० रुपैयाँ पुगेको छ।

आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा बहुमूल्य धातुको मूल्य निरन्तर उतारचढाव भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *