|
२०८३ जेष्ठ १०
लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आठौँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा धारणा राख्ने कार्यसूची तय गरिएको छ ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन् । प्रदेशसभा सचिवालयका अनुसार बजेटसम्बन्धी विषयमा थप छलफल हुने तयारी गरिएको छ ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्